काठमाडौं । रुपन्देही प्रिमियर लिग (आरपिएल) क्रिकेट असोज दोस्रो साताबाट हुने भएको छ । ओमेगा कलेजको आयोजनामा हुने लिग असोज ११ गतेबाट रौतहटमा हुने भएको हो ।
गरुडास्थित श्रीसुगर मिल्सको मैदानमा हुने लिगमा १२ टोलीको सहभागिता रहने भएको छ । १२ टोलीलाई ३ समूहमा विभाजन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको बिजेताले ३ लाख ५० हजार र उप–बिजेताले १ लाख ५० हजार पुरस्कार पाउने छन् । त्यस्तै प्रतियोगिताको म्यान अफ दि सिरिजले २५ हजार, बेस्ट बलर, बेस्ट ब्याट्सम्यानले १० हजार पाउने छन् ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, ग्रेट हिमालयन क्रिकेट एकेडमी, ओमेगा सेकेन्डरी स्कुल, धनगडी क्रिकेट क्लब, नेक्सस एकेडमी, रुपन्देही क्लब, लायन्स क्लब, ओसिस एकेडमी, गडिमाई क्रिकेट क्लब, मल पोखरी क्रिकेट क्लब, नेपाल क्रिकेट स्कुल र महाँकाली क्रिकेट क्लब रहेका छन् ।