काठमाडौं । भारतको आग्रामा हुने ४६ औं स्कुल प्रतियोगीतामा सहभागिता जनाउने नेपाली यू–१८ पुरुष टोलीको विदाई गरिएको छ । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एक कार्यक्रमबीच विदाई गरेको थियो ।
प्रतियोगिताको लागि २० खेलाडी र ८ अफिसियल सहितको नेपाली टोलीलाई प्रदेश नम्वर एकका मुख्य मन्त्री शेरधन राई तथा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले विदाई गरेका थिए । नेपाली टोली विराटनगरमा एक महिनाको प्रशिक्षणपछि असोज ४ गते भारत जाने छन् ।
प्रतियोगितामा नेपाल कठिन मानिएको समुह 'ए' मा रहेको छ । नेपालको समूहमा बलियो राष्ट्र चीन, थाइल्याण्ड र इन्डोनेशिया रहेका छन् ।
नेपाली टोलीको प्रमुख प्रशिक्षकमा चेत नारायण श्रेष्ठ र सहायक प्रशिक्षकमा पासाङ्ग तामाङ र चक्र तामाङ रहेका छन् ।
नेपाली टिम:
गोलकिपरः विष्णु कुमार केसी, विशाल सुनार, सूर्य अधिकारी
डिफेन्सः विकास खवास, नविन गुरुङ्ग, राजन गुरुङ्ग, असिम गुरुङ्ग, रन्दिप पौडेल, संजित राई
मिडफिल्डरः नितिन थापा, मनिष थापा उपकप्तान , जय गुरुङ्ग, सेसेहाङ्ग आङदेम्वे, सुरज न्यू ठकुरी, अनिल महर्जन
स्ट्राइकरः दिनेश हेम्जन, बुद्ध बल तामाङ्ग, रितिक खड्का, अनुप गुरुङ्ग, टिका गुरुङ्ग