काठमाडौं । भारतमा जारी चौकोणीय यू–१९ एकदिवसीय क्रिकेट सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आइतबार भएको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराएको हो ।
लखनउमा नेपालले दिएको १९० रनको लक्ष्य पछाउने क्रममाअफगानिस्तान ४७ ओभर ४ बलमा १६४ रन बनाएर अलआउट हुन पुग्यो । फगानिस्तानका इज्जा अहमद मेरनले सर्बाधिक ५७ रन जोडेपनि टोलीको हार टार्न सकेनन् ।
अफगानिस्तानलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ४ विकेट लिए । यस्तै कमल ऐरी र राशिद खानले समान २ विकेट लिए भने पवन सराफले १ विकेटको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै १८९ रन बनाउन बनाएको थियो । नेपालको जितमा पवन शार्रफले अर्धशतकीय इनिङस खेले । उनले ९६ बलमा १० चौका र १ छक्कासहित अविजित ७८ रन जोडे ।
त्यस्तै सन्दीप जोराले २८ रन जोड्दा रसिद खानले २४ तथा लोकेश बमले १६ रन बनाए । अफगानिस्तानका नविद मोहमद कविरले ३ विकेट लिए ।
अफगानिस्तानमाथिको जितसंगै नेपालले सिरिजमा १ जित हात पारेकाे छ । अब नेपालले मंगलबार अफगानिस्तानसंग नै तेस्रो स्थानको लागि खेल्नेछन् ।
बंगलादेशमा आयोजना हुने एसिया कप क्रिकेटको तयारीको रुपमा भारतीय क्रिकेट बोर्डले आयोजना गरेको सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।