एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभीन डी ब्रुएन आगामी नोभेम्बरबाट खेलमा फर्कने भएका छन् ।
बेल्जियमका विश्वकप हिरो ब्रुएन नोभेम्बर ११ भित्र मैदान फर्कने बताईएको छ । दाहिने घुँडाको लिगामेन्टमा चोट बोकेर मैदान बाहिर रहेका ब्रुएन खेलमा फर्कन प्रयासरत रहेका छन् ।
ब्रुएन गत भदौमा प्रशिक्षणको दौरान घाइते भएका थिए । उनको उपचारमा संलग्न बार्सिलोनाका डाक्टर रामोन कोगाटले ब्रुएन चाडै खेलमा फर्कने बताएका छन् ।
डेलीस्टारको अनुसार २७ बर्षिय ब्रुएन आगामी नोभेम्बरमा हुने म्यानचेस्टर डर्बीमा खेलमा फर्कन सक्नेछ । डर्बी भिडन्त आगामी नोभेम्बर ११ मा हुनेछ ।
रुस विश्वकपमा बेल्जियमलाई सेमिफाइनलमा पुर्राउन महत्वपूर्ण भूमिका खेलेका ब्रुएनले यो सिजन एक खेल मात्र खेलेका छन् । प्ले मेकर ब्रुएनले गत अगस्टमा आर्सनलविरुद्ध खेलेका थिए ।