काठमाडौं । असोज दोस्रो साता सुरु हुने सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र प्रशिक्षकले मोटरसाइकल पाउने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार पत्रकार सम्मेलन गर्दै लिगमा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने चार खेलाडी र एक प्रशिक्षकलाई मोटरसाइकल प्रदान गरिने जनाएको छ ।
रेलिगेसन नहुने लिग असोज १३ गतेबाट सुरु भएर माघ १६ सम्म हुनेछ । लिगमा १४ 'ए' डिभिजन क्लबले खेल्ने छन् ।
एन्फाले लिग अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई एक एक थान मोटरसाइकल दिईने जनाएको छ ।
लिगको विजेताले ५० लाख प्राप्त गर्नेछन् । यस्तै लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । लिगको उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख पाउने जनाएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटो र हल्चोकस्थित सशत्र प्रहरीको एपीएफ क्लबको मैदानमा हुने लिगको विजेताले ५० लाख पाउने छ । यस्तै उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख प्राप्त गर्ने छन् ।
त्यस्तै लिगको चौथो टोलीले १५ लाख, पाँचौ टोलीले ७ लाख र छैटौंले ५ लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् ।