काठमाडौं । बंगलादेशमा आयोजना हुने यू-१९ एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिकामा नेपाल समूह 'ए' मा परेको छ ।
नेपालको समूहमा भारत, अफगानिस्तान र युएई रहेको छ । यस्तै समूह 'बि' मा बंगलादेश, हङकङ, पाकिस्तान र श्रीलंका रहेको छ ।
आगामी सेप्टेम्बर २९ देखि ७ अक्टोबरसम्म हुने एसिया कपको पहिलो खेलमा नेपालले भारतको सामना गर्नेछ । टेष्ट राष्ट्र भारतविरुद्ध नेपालले सेप्टेम्बर २९ मा खेल्नेछ । यस्तै नेपालले अक्टोबर १ मा अफगानिस्तानसंग र अक्टोबर २ मा युएईसंग खेल्ने छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताका खेलहरु ढाका र चिटागोङमा हुनेछ ।