एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिड एट्लेटिको बिल्बाओसंग १ - १ गोलको बराबरीमा रोकिएको हो ।
बिल्बाओको घरेलु मैदानमा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाएर रियलले बराबरी खेलेको हो । खेलको दोस्रो हाफमा इस्कोले गोल गर्दै रियललाई हारबाट जोगाए ।
पहिलो हाफको ३२ औं मिनेटमा इकर मुनियनले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ६३ औं मिनेटमा इस्कोले गोल गर्दै रियललाई खेलमा फर्काए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल १ - १ को बराबरीमा सकियो ।
यो बराबरीपछि रियलले ४ खेलबाट १० अंक जोडेको छ । रियल लिगको दोस्रो स्थानमा छ । बिल्बाओको ३ खेलबाट ५ अंक छ ।