काठमाडौं । ललित स्मृति यू - १८ फुटबल च्याम्पियनसिपमा आज दुई खेल हुदैछ ।
पहिलो खेलमा सरस्वती युथ क्लब र मछिन्द्र फुटबल क्लब तथा दोस्रो खेलमा लुम्बिनी फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुदैछ ।
समुह चरणका दुवै खेलमा पराजित सरस्वतीलाई अघिल्लो चरण प्रवेशको सम्भावना जिवित राख्न आज जित्नैपर्ने दबाब छ । पहिलो खेलमा एनआरटीसंग हारेको मछिन्द्र समेत प्रतियोगितामा पुनरागमन गर्न जितको खोजिमा रहेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुने खेल दिउँसो साढे एक बजे सुरु हुनेछ ।
आजै हुने दोस्रो खेलमा लुम्बिनी फुटबल क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । समुह चरणका दुवै खेलमा जित निकालेको एनआरटी आजको खेलमा ३ अंक जोड्दै नकआउट चरण प्रवेश गर्न चाहन्छ ।
पहिलो खेलमा आर्मीसंग ४–० ले हारेको लुम्बिनीलाई समेत खेलमा फर्कन आजको खेल महत्वपुर्ण छ । दोस्रो खेल अपरान्ह ४ बजे सूरु हुनेछ ।