एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहम हट्स्परलाई पराजित गरेको छ । शनिबार भएको खेलमा लिभरपुलले टोटेनहमलाई २-१ ले पराजित गरेको हो ।
योसंगै लिभरपुलले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएको छ । २८ बर्षपछि प्रिमियर लिगका सुरुवाती पाँच खेलमा लिभरपुल जित निकाल्न सफल भएको हो ।
जर्जिन्हो वाईनाल्डमले ३९ औ मिनेटमा हेडर गोलमार्फत लिभरपुललाई अग्रता दिलाएका थिए । ५४ औ मिनेटमा रोबर्टो फिर्मिन्होले लिभरपुलको अग्रता दोब्बर पारे । दोस्रो हाफको इन्जुरी समयमा ईरिक लामेलाले गोल गर्दै टोटेनहमको हार अन्तर घटाए ।
योसंगै प्रिमियर लिगको पछिल्ला दुई खेलमा टोटेनहम पराजित भएको छ ।
जितपछि लिभरपुल ५ खेलबाट १५ अंक सहित शीर्ष स्थानमा यथावत छ । टोटेनहम ९ अंक सहित पाँचौ स्थानमा छ ।