बुटवल । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट अन्तर्गतको 'बी' डिभिजनमा बुटवल राइनो क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ ।
भैरहवाको सिदार्थ रंगशालामा शनिबार बुटवलले ज्ञानोदय क्रिकेट क्लबलाई २ रनले पराजित गर्यो ।
पहिले ब्याटिङ गरेको बुटवलले अलआउट हुँदै १ सय ५० रन बनाएको थियो ।
उसका आशिस लोहनीले ३६ रन बनाए । सुनिल गुरुङ र अब्दुल नसिमले २३/२३ रन बनाए ।
ज्ञानोदयका सुवास बिकले २ विकेट लिए ।
बुटवलले दिएको १ सय ५१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ज्ञानोदयले अलआउट हुँदै १ सय ४८ रन मात्र बनाउन सक्यो ।
ज्ञानोदयका महेश रानाले सर्वाधिक ४३ रन बनाए ।
बुटवलका ईश्वर खनालले ५ विकेट लिए ।
लिगमा १२ टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै म्यान अफ द सिरिजलाई १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार प्रदान गरिने छ ।