काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिग खेलाडीको दर्ताको समय थप गरेको छ । पहिलो पटक अनलाईनबाट सुरु गरिएको खेलाडी दर्ता प्रक्रिया असोज ५ गतेसम्म गर्न सकिने एन्फाले जनाएको छ ।
करिब ४ बर्षपछि हुन लागेको लिग फुटबलकालागि एन्फाले भदौ ३० गतेसम्म खेलाडी दर्ता गर्ने समय निर्धारण गरेको थियो । क्लबहरुले खेलाडी दर्ताको समय अपुग भएको गुनासो गरेपछि एन्फाले समय थप गरेको हो ।
शुक्रबारसम्म अधिकांश क्लबले न्युनतम १८ खेलाडीको सुचि एन्फामा दर्ता गरिसकेका छन् । अधिकांश क्लबले विदेशी खेलाडीले समावेश गर्दै न्युनतम १८ खेलाडी अनलाईनमार्फत दर्ता गरेका छन् ।
एन्फाले दर्ता भएका खेलाडीको सुचि प्रमाणीकरण गरेर सार्वजनीक गर्ने तयारी गरेको छ ।