काठमाडाै । भारतमा हुने एसियन स्कुल यू–१८ च्याम्पियनसिप फुटबलमा नेपाल कठिन समूहमा परेको छ ।
शुक्रबार सार्वजनिक भएको ड्रमा नेपाल कठिन मानिएको समूह 'ए' मा परेको हो । नेपालको समूहमा बलियो राष्ट्र चीन, थाइल्याण्ड र इन्डोनेसिया रहेका छन् । यस्तै समूहमा 'बि' मा आयोजक भारत, दक्षिण कोरिया, मलेसिया र श्रीलंका रहेको छ ।
भारतको आग्रामा सेप्टेम्बर २२ देखि २९ सम्म आयोजना हुने च्याम्पियनसिपको पहिलो खेलमा नेपालले थाइल्याण्डसंग खेल्नेछ ।
नेपाल र थाइल्याण्डबीचको खेल सेप्टेम्बर २३ मा हुनेछ । यस्तै सेप्टेम्बर २४ मा नेपालले इन्डोनेसिया र २५ सेप्टेम्बरमा चीनसंग खेल्नेछ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
च्याम्पियनसिपको लागि अखिल नेपाल फुुटबल संघ एन्फाले नेपाली युथ टोलीको घाेषणा यसअघि नै गरिसकेको छ । दिनेश हेम्जनको कप्तानीमा नेपालले २० सदसीय नेपाली टिमको घोषणा गरेको हो । यस्तै टोलीमा ४ बैकल्पिक खेलाडी पनि राखिएको छ ।
नेपाली टोलीको प्रमुख प्रशिक्षकमा चेत नारायण श्रेष्ठ र सहायक प्रशिक्षकमा पासाङ्ग तामाङ्ग राकेश श्रेष्ठ रहेका छन् ।
नेपाली टिम :
गोलकिपरः विष्णु कुमार केसी, विशाल सुनार, सूर्य अधिकारी
डिफेन्सः विकास खवास, नविन गुरुङ्ग, राजन गुरुङ्ग, असिम गुरुङ्ग, रन्दिप पौडेल, संजित राई
मिडफिल्डरः नितिन थापा, मनिष थापा ( उपकप्तान ), जय गुरुङ्ग, सेसेहाङ्ग आङदेम्वे, सुरज न्यू ठकुरी, अनिल महर्जन
स्ट्राइकरः दिनेश हेम्जन, बुद्ध बल तामाङ्ग, रितिक खड्का, अनुप गुरुङ्ग, टिका गुरुङ्ग
बैकल्पिक खेलाडीहरुः आकाश रानाभाट ( गोलकिपर ) , पवन शाही (डिफेन्डर ), बिवेक राई (मिडफिल्डर), दर्शन गुरुङ ( स्ट्राइकर )