एजेन्सी । म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर रोमेलु लुकाकुले आफ्ना प्रशिक्षक जोसे माउरिन्होको भावुकता झुटो नभएको बताएका छन् ।
बीबीसीसंग कुरा गर्दै स्ट्राइकर लुकाकुले इन्ग्लिश प्रिमियर लिगमा अन्य प्रशिक्षकहरु जस्तो झुटो पीडा माउरिन्होको नभएको बताए ।
लुकाकुले भने, 'उहाँ यस्तो व्यक्ति हुन जसले, नयाँ खेलाडीहरुलाई मैदान भित्राउछ र पुराना खेलाडीलाई राम्रो बनाउछन् । त्यसैले उनलाई सम्मान चाहिन्छ । किनकि, उनलाई सम्मान दिनु हाम्रो कर्तव्य हो । तर, सधै उनले जित्नुपर्छ भन्ने सबैको सोच हुन्छ ।'
प्रिमियर लिग अन्तर्गत दुई साता अघि टोटेनहम र युनाइटेडबीचको खेलअघि माउरिन्होले मिडियासामु आफुलाई सम्मान दिनुपर्ने भन्दै रिसाएका थिए ।
यस्तै लुकाकुले वास्तविकता नलुकाउने मोउरिन्होको बानी आफूलाई मन पर्ने बताए ।
'मलाई उनको एक कुरा मन पर्छ, उनले कहिल्लै झुटो पीडा देखाउदैनन् । जब उहाँ रिसाउँछन्, उहाँ रिसाएको देखिन्छ । जब उहाँ हसिलो हुन्छन् सबैले उनलाई हसिलो देख्न सक्छन्,' लुकाकुले भनेका छन्, 'मलाई थाहाँ छैन मान्छेहरु किन मन पराउदैनन् उनको वास्तविकता ।'