काठमाडौं । चौकोणीय एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत भारतको यू-१९ 'ए' टिमविरुद्ध नेपालको यू-१९ टोलीले पहिले ब्याटिङ गर्ने भएका छन् ।
भारतको लखनउमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । र,आसिफ शेखको कप्तानी रहेको नेपालले केहि बेरमा ब्याटिङ थाल्नेछ ।
पहिलो खेलमा पराजित नेपाल भारतको 'ए' टिमविरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । सिरिज दोस्रो चरणमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब समेत रहेको छ ।
पहिलो खेलमा नेपाल भारतको यू-१९ को 'बि' टिमसंग ४० रनले पराजित भएको थियो । भारतको 'ए' टिमले भने अफगानिस्तानको यू-१९ टोलीलाई १४० रनले हराएको थियो ।
भारतविरुद्ध दोस्रो खेल लिएर मैदान उत्रदा नेपाल युथ एसिया कपको जितलाई निरन्तरता दिने प्रयासमा हुनेछ । नेपालले गत बर्षको नोभेम्बरमा भएको युथ एसिया कपमा भारतलाई १९ रनले हराएको थियो ।
तर, त्यसबेला नेपाली टोलीमा रहेका अधिकांस खेलाडी अहिले सिनियर टोलीबाट खेलिरहेका छन् ।
भारतीय क्रिकेट बोर्डको योजनामा जारी सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका एक एक यू-१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपाली टोली :
आशिफ शेख (कप्तान), सन्दीप जोरा,तृत राज दास,रित गौतम, भिम सार्की,कमल सिंह ऐरी,राशिद खान,संसद आलम,सागर ढकाल, रबी साह, पवन शार्रफ