एजेन्सी । प्रतिबन्धित औषधि प्रयोग (डोपिङ) को उल्लङ्घन गरेपछि अनुसन्धानको घेरामा परेका रुसी मिडफिल्डर डेनिस चेरीशेभले उन्मुक्ति पाएका छन् ।
हर्मोन वृद्धिको लागि उपचार गराएपछि स्पेनिस क्लब भ्यालेन्सियाका मिडफिल्डर चेरीशेभ अनुसन्धानको घेरामा परेका थिए ।
तर, स्पेनिस एन्टी डोपिङ एजेन्सीले गरेको अनुसन्धानमा चेरीशेभले गलत कार्य नगरेको पुष्टि भएको छ । स्पेनिस एन्टी डोपिङले उनले अनैतिक कार्य नगरेको र अनुसन्धान सकिएको जनाएको छ ।
घरेलु मैदानमा सम्पन्न विश्वकपमा चेरीशेभले ४ गोल गरेका थिए । रुस विश्वकपको अन्तिम आठसम्म पुगेको थियो ।