एजेन्सी । इंग्ल्यान्डका पुर्व कप्तान पाउल डेभिड कोलिङउडले सिजनको अन्त्यसंगै सबै खाले क्रिकेटबाट सन्यास लिने भएका छन् ।
कोलिङउडले इंग्ल्यान्डको फस्ट क्लास क्रिकेट प्रतियोगिता काउन्टी च्याम्पियनसिपको सिजनको अन्त्यसंगै २२ वर्षे क्रिकेट करियरको अन्त्य गर्ने भएका हुन् ।
दुरहम क्रिकेट क्लबबाट खेल्दै आएका अलराउण्डर कोलिङउडले सन् २००१ देखि २०१७ सम्म इंग्ल्यान्डबाट खेलेका थिए ।
सन्यासबारे ४२ वर्षीय कोलिङउडले भनेका छन्, 'मलाई थाहाँ छ, यो समय चाडै आउदै छ, त्यो समय असहज हुनेछ । मलाई थाहाँ छ यो दुखको पल हो । तर, मैले सन्यास लिने यो समय नै उपयुक्त हो ।'
यस्तै कोलिङउडले अब क्रिकेट खेल्नको आफुमा हुनुपर्ने जोश जागर हटेको समेत बताए ।
'मैले धेरै उपलब्धि हासिल गरिसकेको छु । दुरहम र इंग्ल्यान्डमा रमाइलो र लामो यात्रा मेरो जीवनमा रह्यो । म धेरै धन्यवाद दिन चाहान्छु,' उनले भने, 'मसंग अहिले जोश र जागर छैन्, जुन क्रिकेट खेलमा हुनु पर्ने हो । मलाई थाहाँ छैन, म भबिष्यमा के गर्ने छु, मलाई लाग्छ जे गर्नेछु त्यो संघर्षपुर्ण हुनेछ ।'
सन् १९९६ बाट फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका कोलिङउडले इंग्ल्यान्डबाट ६८ टेष्ट, १९७ एकदिवसीय र ३६ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
यस्तै कोलिङउडको कप्तानीमा इंग्ल्यान्डले सन् २०१० मा आईसिसी वर्ल्ड टी-ट्वान्टी कप जितेको थियो ।