एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर डेभिड सिल्भाले सिटी आउने निर्णय आफ्नो करियरकै उत्कृष्ट निर्णय भएको बताएका छन् ।
२४ बर्षीय स्पेनिस प्लेमेकर सिल्भा सन् २०१० मा स्पेनिस क्लब भ्यालेन्सियाबाट सिटी आएका थिए ।
सिटी आएको ८ वर्ष पुगेपछि सिल्भाले भने, 'स्पेनका सम्पुर्ण खेलाडीहरु बार्सिलोना तथा रियल मड्रिड जान चाहान्छन तर मैले त्यसो गरिन र अहिले मेरा लागि यो निर्णय सहि साबित भएको छ ।'
सिटीले गत सिजन इन्ग्लिश प्रिमियर लिगको उपाधि जित्दा सिल्भाले महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै सिल्भाले सन् २०११ मा सिटीलाई एफए कपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
यस्तै सिल्भाले आफु सिटीमा लामो समय रहने जनाउ दिए । सिल्भाले भने, 'कस्ले मलाई चाहान्छ, मलाई लाग्छ सिटी मलाई चाहन्छ । र, म त्यहिँ रहन चाहन्छु ।'
सिल्भाले आफ्नो करियरमा १ पटक विश्वकप, २ पटक युरोपियन च्याम्पियनसिप गरी ७ मुख्य ट्रफी जितिसकेका छन् ।