एजेन्सि । फ्रान्सेली गोलरक्षक ह्युगो लोरिसले २० महिना गाडी चलाउन नपाउने भएका छन् । ड्रिंक एण्ड ड्राइभ मुद्धामा उनलाई २० महिना गाडी चलाउन प्रतिबन्ध लगाउदै ५० हजार पाउण्ड जरिवाना समेत गरिएको छ ।
२४ तारिखको विहान मादकपदार्थ धरै सेवन गरेर गाडी चलाईरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
मेर्लिबोनमा समातिएका लोरिसलाई वेष्टमिनिस्टरको अदालतले २० महिनासम्म गाडी चलाउन नपाउने सजाय सुनाएको हो ।
पुलिसले दिएको बयान अनुसार लोसिसको रक्सिको मात्रा जाँचगर्दा एक सय मिलिलिटरमा ८० माइक्रोग्राम पाइएको थियो ।
इंग्ल्याण्ड र वेल्समा ३५ माइक्रोग्रामसम्म कानुनी रुपमा स्विकार्य छ ।
लोरिसले ४८ किलोमिटर प्रतिघण्टा गाडी कुदाउनुपर्ने सडकमा २४ किलोमिटर प्रतिघण्टाको गतिमा मात्र गाडी कुदाएको भेटिएपछि उनलाई पुलिसले समातेको थियो ।
पहिलो चेकजाँचमै उनीले मादकपदार्थ खाएको पुष्टि भएपछि अदालती प्रक्रिया अघि बढेको थियो ।