काठमाडाै । ए डिभिजन लिगको तयारीमा रहेको ब्रिगेड ब्वाइज फुटबल क्लबले तिन विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ ।
ब्रिगेड ब्बाइज क्लबले नाइजेरीयाका तिन खेलाडीलाई ल्याएको हो । क्लबले दुई दाजुभाई कजीम एन्टी जी र टि जीलाई स्ट्राइकरको रुपमा ल्याएको छ ।
त्यस्तै मिडफिल्डरमा करिमलाई ल्याएको ब्रिगेड ब्वाइज क्लबका म्यानेजर स्मिथ लामाले खेलापाटीलाई बताए ।
लामाका अनुसार यो पटक क्लबले यु१८ ललित स्मृति कप च्याम्पियसिप दिलाउन महत्वपूर्ण भुमिका निर्बाह गरेका ८ खेलाडीहरुले सिनियर टिममा सहभागीता जनाएको छ ।
ए डिभिजन लिग असोज १४ बाट सुरु हने यस अघिनै अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी गराइसकेको छ ।
केही दिन अघिमात्र काठमाडौंका ६ क्लबलाई काठमाडौं महानगरपालीकाको तर्फबाट ९ लाख ३० हजार नगद र फुटबल सामाग्री उपलब्ध गराएको थियो ।
करिब चार वर्ष अवरुद्ध भएको ए डिभिजन लिग असोज १४ बाट सुरु हुँदैछ ।
यस अघिनै नेपाली फुटबलको महारथी क्लब मनाङ मस्र्याङ्दि क्लबले ओलावाले अफिजलाई भित्राउदै लिगमा बलियो उपस्थिती देखाउने संकेत गरिसकेको छ ।
ब्रिगेड ब्वाइज २०७५ को यु१८ ललित स्मृति कप विजेता टोली पनि हो ।