एजेन्सी । पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोले फ्रान्सको पेरिसमा होटल खोल्ने घोषणा गरेका छन् । उनले आफ्नो सीआरसेभेनको चेनको रुपमा सन् २०२१ मा पेरिसमा होटल खोल्ने बताएका हुन् ।
अहिले उनका दुई होटल छन् । एक पोर्चुगलको राजधानी लिस्वोन र फुन्सलमा ।
पोर्चुगलमा ती दुई होटल सन् २०१६ मा खुलेको थियो । उनले तीन नयाँ होटल स्पेनको मड्रिड, न्युयोर्क र मोरक्कोको व्यापारिक केन्द्र माराकेचमा सन् २०२० मा खोल्ने तयारी छ ।
युभेन्ट्स स्टार रोनाल्डोले पेरिसमा रहेको २ सय १० कोठाको होटल बनाउने तयारी गरेका छन् ।
पेरिसमा खुल्ने होटलमा रोनाल्डोको ५० प्रतिशत र पोर्चुगिज होटल ग्रुप पेस्तानाको ५० प्रतिशत लगानी हुनेछ ।
रोनाल्डोद्धारा जारी विज्ञप्तीमा भनिएको छ । ‘अपेक्षा गरिएको छ, पेस्टाना सीआरसेभेन ब्राण्ड संंसारको सबै भन्दा बढी घुमिने शहरमा चल्देछ ।’