काठमाडौं । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले नाईजेरियन फरवार्ड ओलावाले अफिजलाइ क्लबमा भित्राउने भएको छ । बंगलादेशमा ब्यवसायिक फुटबल खेलिरहेका अफिजलाई मनाङले एक बर्षकालागि अनुबन्धन गर्ने तयारी गरेको हाे ।
पछिल्लो समय नेपाली क्लब फुटबलमा छाएका अफिजलाई मनाङले लिगको सिजनकालागि अनुबन्धन गर्न लागेको हो । ए डिभिजन क्लब मनाङका अध्यक्ष मुखिया कान्छा गुरुङले अफिजलाई लिग खेलाउने गरि क्लबमा अनुबन्धन गर्ने तयारी गरेको बताएका छन् ।
‘सम्झौता भईसकेको छैन । तर क्लबबाट खेल्ने पक्का भएको छ ।’ उनले भने ।
रानिपोखरी कर्नर टिमबाट नेपाली क्लब फुटबलमा देखिएका उनी रुस्लान थ्रीस्टार हुदैँ मनाङ मस्र्याङ्दी क्लबबाट ब्यवसायी फुटबल खेलेका छन् ।
उनले बंगलादेशी क्लब चिताङ्गो आवानीबाट १३ खेल खेल्दै ६ गोल गरेका थिए । बंगाली क्लब रहमतगञ्जबाट समेत खेलेका अफिजलाई मनाङले घरेलु फुटबलमा पुन खेलाउन लागेको हो ।
करिब चार बर्ष अवरुद्ध भएको ए डिभिजन लिग असोज १४ बाट सुरु हुदैछ ।
नेपाली फुटबलको महारथी क्लब मनाङले अफिजलाई भित्राउदै लिग फुटबलमा बलियो उपस्थिती देखाउने संकेत गरिसकेको छ ।