एजेन्सी । पाहुना टोली अष्ट्रेलियाविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिजमा इंग्ल्यान्डले २ – ० को अग्रता बनाएको बनाएको छ । शनिबार राति भएको दोस्रो एकदिवसीयमा अष्ट्रेलियालाई ३८ रनले हराउदै इंग्ल्यान्डले २ – ० को अग्रता बनाएको हो ।
कार्डिफमा घरेलु टोली इंग्ल्यान्डले दिएको ३४३ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया ४७ ओभर १ बलमा अलआउट हुँदै ३०४ रनमा समेटियो । अष्ट्रेलियाका लागि शौन मार्शले १३१ रनको शतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
त्यस्तै अष्ट्रेलियाका लागि अष्टोन अगरले ४६, ग्लेन म्याक्स्वेलले ३१ तथा म्याथ्यु शोर्टले २१ रन बनाए । अष्ट्रेलियाको पारी ध्वस्त बनाउने क्रममा इंग्ल्यान्डका लिम प्लुन्केटले ४ तथा अदिल रशिदले ३ विकेट लिए । मोइन अलीको नाममा २ विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३४२ रनको उच्च स्कोर बनाएका थिए । इंग्ल्यान्डको उच्च स्कोरमा जासन रोयले १२० रनको शतकीय पारी खेले । त्यस्तै कप्तान जोश बटलरले अविजित ९१ रन जोड्दा जोनी बैर्स्टोवले ४२ रन बनाए । अष्ट्रेलियाका लागि एन्ड्रयु टे, एभोन रिचर्डसन र केन रिचर्डसनले समान २ – २ विकेट लिए ।
यसअघि भएको पहिलो एकदिवसीयमा इंग्ल्यान्डले अष्ट्रेलियालाई ३ विकेटले हराएको थियो । घरेलु टोलीसँग पाँच एकदिवसीय र एक टी –ट्वान्टी क्रिकेट खेल्न अष्ट्रेलिया इंग्ल्यान्डको भ्रमणमा रहेको छ ।