ढाका । साफ च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध हुने सेमिफाइनलकालागि नेपाली टोली बंगबन्धु रंगशाला आईपुगेका छ।
नेपाल र माल्दिभ्सबीचको खेल बंगबन्धु रंगशालामा नेपाली समय अनुसार दिउसो ३ः४५ बजे सुरु हुनेछ ।
सेमिफाइनलमा माल्दिभ्सविरुद्ध मैदान उत्रदै गर्दा नेपाल इतिहास रच्ने योजनामा हुनेछ । नेपाल माल्दिभ्सविरुद्धको खेल जित्दै पहिलोपटक साफको फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ ।
चार पटक सेमिफाइनल पुगेपनि नेपालले फाइनल यात्रा तय गर्न सकेको छैन ।