काठमाडौँ । युवा एक दिवसीय सिरिजमा भारतीय यु–१९ “बि” ले नेपाल सामु १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय लिएको नेपाली यु–१९ टोलीले अव केहि बेरमा ब्याटिङ गर्दैछ । आशिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीको लागि यो प्रतियोगिताको पहिलो खेल हो ।
भारतीय यु–१९ “बि” टोलीले ४९ ओभरमा अल आउट हुदै १६१ रन बनायाे ।
एकना अन्तरास्ट्रिय क्रिकेट स्टेडियममा भईरहेको खेलमा भारतको (बि) टोलीसंग प्रतिस्पर्धा गरिरहेको नेपाल यु–१९ टोली भने केहि सहज स्थितिमा रहने छ ।
नेपालकाे लागी सर्बाधिक कमल ऐरी ले ३ विकेट लिए । त्यस्तै पवन सराफले २ तथा किशोर महतो, संसाद आलम र सागर ढकालले समान १–१ विकेट लिए ।
उता भारतको (बि) टिमको लागि काम्रण इकबाल ले सर्बाधिक ५० रन लिए ।