एजेन्सी । अर्जेन्टिना पछिल्लो समय सन् २००७ मा कोलम्बियाको हातबाट पराजित भएको थियो । तर मंगलबार भएको खेल दुवैले बराबरी खेले, गोल रहित ।
खेल अमेरिकाको न्यु जर्सीमा भएको थियो । पहिलो हाफ दुवैले रोमाञ्चक खेल देखाए । तर गोल गर्न असफल भए ।
दक्षिण अमेरिकी दुई प्रतिद्धन्द्ीबीचको प्रतिस्पर्धा सधै रोमाञ्चक हुने गर्दछ ।
अर्जेन्टिना आफ्ना स्टार लियोनल मेस्सीबिना मैदान उत्रिएको थियो । तर अर्जेन्टिनाले आफ्नो गतिले खेल प्रर्दशन ग¥यो । त्यसमा कोलम्बियाले समेत केही राम्रा अवसरको सिर्जना गरेको थियो ।
कोलम्बियाले धेरै समय भयो, अर्जेन्टिनाविरुद्ध जित हात नपारेको । उसले सन् २००७ यता अर्जेन्टिनालाई जित्न सकेको छैन् ।
कोलम्बियाले अब अर्को महिना अमेरिका र कोस्टारिकासंग खेल्नेछ ।
अर्जेन्टिना भने आफ्ना स्टार लियोनल मेस्सीको प्रतिक्षामा छ । कारण उसले चाँडै ब्राजिलसंग खेल्दैछ ।