एजेन्सी । नेटोले लामो समयपछि अन्तराष्ट्रिय डेब्युको मौका पाए । त्यसमा रिचरलिसनले दुई गोल गरे । त्यही गोलको मदलते ब्राजिलले मैत्रिपुर्ण खेलमा साल्भाडोरलाई ५–० ले हरायो ।
खेलमा अग्रता ब्राजिलले कप्तान नेयमारको गोलबाट लियो । खेलको चौथो मिनेटमै प्राप्त पेनाल्टीमा नेयमारले गोल गरेका थिए । अघिल्लो खेलमा समेत उनले अमेरिकाविरुद्ध पेनाल्टीमै गोल गरेका थिए ।
सपछि रिचरलिसनले १६ औ मिनेटमा ब्राजिलको अग्रता दोब्बर बनाए । तेस्रो गोल ३० औ मिनेटमा काउटिन्होको नाममा रह्यो । ५० औ मिनेटमा रिचरलिसनले ब्यक्तिगत दोस्रो गोल गरे ।
नेयमारको कर्नरमा मार्कोइनोसले अन्तिम मिनेटमा गोल गर्दै ब्राजिललाई ५–० को जित दिलाए । रुसी विश्वकपमा क्वार्टरफाईनलबाट बाहिरिएपछि ब्राजिलले निरन्तर जित निकाल्दै आएको छ ।