एजेन्सी । निरन्तरको हारलाई विश्राम लगाउदै इङ्ल्याण्डको जितको बाटोमा फर्किएको छ । पहिलो उदाहरणको रुपमा उसले मंगलबार राति मैत्रिपुर्ण खेलमा स्विटजरल्याण्डलाई पराजित गरेको छ ।
किंग्स पावर स्टेडियममा भएको खेलमा इङ्ल्याण्डको जितमा मार्कोस राष्फोर्डले ५४ औ मिनेटमा गोल गरे । सोही गोल इङल्याण्डको पछिल्ला ३ हारको श्रृङ्खलालाई बिर्साउने उपाय बन्यो ।
इङ्ल्याण्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले स्पेनसंगको पराजयपछि ९ खेलाडी परिवर्तन गरेका थिए । युईएफ नेशन्स लिगमा गत शनिबार इङ्ल्याण्ड स्पेनसंग २–१ ले पराजित भएको थियो ।
पाहुना टोली स्विटजरल्याण्डले पहिलो हाफमा उत्कृष्ट प्रर्दशन गरको थियो । जर्दान शाकिरीको उत्कृष्ट प्रर्दशनमा उसले खेलको अग्रताको थुपै अवसरका सिर्जना गरेको थियो ।
तर इङ्ल्याण्ड दोस्रो हाफमा फर्कियो । केएल वाल्करको क्रसलाई स्विटरजरल्याण्डका डिफेन्सले क्लियर गर्न असफल भएपछि रसफोर्डले त्यसलाई पोस्टको दिशा दिएका थिए ।