एजेन्सी । युईएफए नेशन्स लिग फुटबलमा स्पेनले क्रोएसियालाई फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनले क्रोएसियामाथि ६–० को जित निकालेको हो ।
समुह ए फोर अन्तर्गत पहिलो हाफमा ३ गोल गरेको स्पेनले दोस्रो हाफमा थप ३ गोल ग¥यो । साउलले २४ औ मिनेटमा दिलाएको अग्रतालाई एसेन्सियोले ३३ औ मिनेटमा दोब्बर पारे ।
निकोला कालिनिकले ३५ औ मिनेटमा आत्मघाति गोल गरेपछि स्पेन पहिलो हाफमा ३–० ले अघि रह्यो । दोस्रो हाफमा थप आक्रमक खेल पस्किएको स्पेनकालागि रोड्रिग्वले ४९ औ मिनेटमा चौथो गोल गरे ।
सर्जियो रामोसले ५७ औ मिनेटमा स्पेनलाई ५–० को स्थितीमा पु¥याएका थिए । इस्कोले ७० औ मिनेटमा गोल गर्दै स्पेनलाई फराकिलो अन्तरको जित दिलाए ।
लुईस एनरिकेको प्रशिक्षणमा स्पेनले विश्वकपको उपविजेतामाथि ठुलो जित आत्मसाथ गरेको हो । पहिलो खेलमा स्पेनले इङ्ल्याण्डलाई पराजत गरेको थियो ।
क्रोएसियाले आफ्ना मुख्य खेलाडी लुका मोड्रिच, इभान राकिटिच र इभान पेरिसिकलाई मैदान उतारेपनि ठुलो अन्तरको हार ब्यहोर्न बाध्य भयो ।
सतप्रतिशत नजिता सहित स्पेन ६ अंकसहित समूह ए फोरको शीर्ष स्थानमा छ।