काठमाडौं । भारतको आग्रामा हुने ४६ औँ स्कुल प्रतियोगिताको तयारी गरिरहेको नेपाल राष्ट्रिय यु–१८ टिम मोरङमा जारी बुद्ध एयर डाँगीहाट गोल्डकपमा पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल यु–१८ टोली रेड हर्ष फुटबल क्लबसँग सडेनडेथमा पराजित भएको हो ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गएको थियो । रेडहर्पलाई जिताउन प्रदिप विष्ट, विकेश लिम्बु, हिसुप थपलिया, रोमन भुजेलर हिपमेन लिम्बुले गोल गरे ।
त्यस्तै पराजित हुन पुगेको यु–१५ कालागि कप्तान दिनेश हेमजन, मनिष थापा, रनदिप पौडेल र नविन गुरुङले गोल गरे । विकाश खवास र जय गुरुङको प्रहार असफल भएको थियो ।
खेलको म्यान अफ दि म्याच रेड हर्षका गोलकिपर मनोज प्रधान भए । उनले ३ हजार र ट्रफि प्राप्त गरे । प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैँया प्राप्त गर्नेछ ।