एजेन्सी । रुसी बिश्वकपका गोल्डेन बुट बिजेता तथा इंग्ल्याण्डका कप्तान ह्यारी केनले स्विजरल्यान्डबिरुद्धको मैत्रिपुर्ण खेल नखेल्ने भएका छन् ।
नेशन्स लिगको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका केनलाई आरामको आवश्यता रहेकाले उनलाई मैत्रिपुर्ण खेलमा नराखिएको इङ्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले जानकारी दिए ।
उनले भने “आराम गर्ने उनकालागि यो राम्रो अवसर हो ।”
साउथगेटले केनले मैत्रिपुर्ण खेलमा आराम गरे नेशन्स लिगको अन्य खेलमा सहज हुने बताए । केनको कप्तानीमा रहेको इंग्ल्याण्डले भर्खरै मात्र नेशन्स लिग अन्तर्गत स्पेनविरुद्धको खेलमा २–१ ले हार ब्यहोरेको थियो ।
त्यस्तै मैत्रिपुर्ण खेलमा डेन अलीपनि नखेल्ने भएका छन् । उनि पनि चोटका कारण आराम गरिरहेका छन् । २५ बर्षे टोटनह्यमका स्ट्राइकर केन र डेन नखेल्ने भए पनि इंग्ल्याण्डलाई खासै दबाब नपर्ने प्रशिक्षक साउथगेट बताउछन् ।
अली र केनको स्थानमा अन्डर २१ टिमका बेन चिलवेल र डिमारे ग्रेलाई मौका दिईने प्रशिक्षकले प्रष्ट पारेका छन् ।