एजेन्सी । युईएफए नेसन्स लिग फुटबलमा टर्कीले स्विडेनलाई पराजित गरेको छ । खेलमा उत्कृष्ट पुनरामगन जनाउदै टर्कीलाई स्विडेनलाई स्तब्ध बनाएको हो । २–० ले पछि परेको स्थितीलाई उल्ट्याउदै टर्कीले महत्वपुर्ण जित आत्मसाथ ग¥यो । एम्री याकबाबाले दुई गोल गर्दै टर्कीलाई महत्वपुर्ण तीन अंक दिलाए ।
३४ औ मिनेटमा तिलिनको गोलबाट स्विडेनले अग्रता लिएको थियो । ४९ औ मिनेटमा क्लेसनले स्विडेनको अग्रतालाई दोब्बर पारेका थिए । कालहनग्लुले ५१ औ मिनेटमा गोल गर्दै टर्कीलाई खेलमा फर्काउने कोशिश गरेको थिए । तर ८८ औ मिनेट र इन्जुरी समयमा गोल गर्दै याकबाबाले खेलको नतिजालाईनै परिवर्तन गरिदिए ।
पछिल्लाे पटक रुसी विश्वकपमा स्विडेन इङ्लिस टोलीसंग क्वार्टरफाईनलमा पराजित भएको थियो । यता, टर्कीले प्रतियोगितमा पहिलो जित निकालेको छ । उद्घाटन खेलमा टर्की गत शुत्रबार रुससंग हारेको थियो ।