एजेन्सी । युईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले ईटालीलाई पराजित गरेको छ । गए राति भएको खेलमा पोर्चुगलले ईटालीमाथि संघर्षपुर्ण १–० को नतिजा निकालेको हो ।
पोर्चुगल आफ्ना मुख्य खेलाडी क्रिस्टियानो रोनाल्डोबिनै मैदान उत्रिएको थियो । समुह ए थ्रि अन्तर्गतको खेलमा जित निकाल्दै पार्चुगलले ३ अंक जोडेको छ ।
पोर्चुगलले ४८ औ मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । आन्द्रे शिल्भाले गोल गर्दै टोलीलाई महत्वपुर्ण ३ अंक दिलाए । सिरि ए लिगमा खराब सुरुवात गरेका शिल्भाको सोही गोलको मदतले पोर्चुगलले महत्वपुर्ण जित हात पार्न सफल भयो ।
रोबर्टो मान्चिनीले यसअघि इटालीको टिममा ९ खेलाडी परिवर्तन गरेका थिए । सो खेलमा इटालीले पोल्याण्डसंग १–१ गोलको बराबरी खेलेको थियो । उनले म्यान्चेष्टर सिटी र लिभरपुलका पुर्व स्ट्राईकर मारिया बालोटेलीलाई टिम बाहिर राखेको थिए ।
उनले शुक्रबारको खेलमा गोलकिपर जियानलुईजी ड्रोन्नारुमा र चेल्सी मिडफिल्डर जोर्गिन्होलाई मात्र सुरुवाती लाईनअपमा राखेका थिए ।