एजेन्सी । करियरकै अन्तिम टेष्ट खेलिरहेका एलेस्टरक कुकले शतक बनाएका छन् । अन्तिम टेष्टमा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी त होईनन् । तर एउटा विशेष कीर्तिमान उनले कायम गरेका छन् ।
उनको अन्तिम टेष्ट यस कारण विशेष छ, उनले करियरको पहिलो टेष्टमा समेत शतक प्रहार गरेका थिए । सुरुवात र अन्तिम टेष्टमा शतक प्रहार गर्ने कुक भने पहिलो इङ्लिस क्रिकेटर बनेका छन् ।
पहिलो र अन्तिम टेष्टमा शतक प्रहार गर्ने खेलाडीमा भारतका मोहम्मद अजहरुदीनसंगै अष्टे«लियाका ग्रेग चैपल, रेजिनाल्ड डफ र विलियम पोन्सफोर्ड रहेका छन् ।
उनले पहिलो टेष्ट समेत भारतविरुद्ध खेलेका थिए र अन्तिम पनि ।
सन् २००६ मा मे १ बाट मार्च ५ सम्म नागपुरमा भएको भारत र ईग्ल्याण्डको टेष्ट म्याचमा कुकले पहिलो खेल खेलेका थिए । उनले पहिलो पालीमा ६० र दोस्रोमा १ सय ४ रन बनाएका थिए ।
तर भारतविरुद्धको अन्तिम टेष्टमा उनले पहिलो पालीमा ७१ र दोस्रोमा शतक बनाएका छन् । उनको यो करियरकै ३३ औ शतक हो । सन् २०१७ को डिसेम्बरपछि उनले पहिलो पटक शतक प्रहार गरेका हुन् ।
इङ्ल्याण्डबाट टेष्ट क्रिकेटमा सर्वाघिक टेष्ट रन बनाउने कुकले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरिसकेका छन् । ५५ टेष्ट म्याचको कप्तानी गरेका उनले आफुले खेल करियरमा सोचेको भन्दा बढी सफलता पाएको बताएका थिए ।