एजेन्सी । इङ्लिस खेलाडी डेन अलिले राष्ट्रिय टिमबाट नाम फिर्ता लिएका छन् । प्रिमियर लिग क्लब टोटनहमका मिडफिल्डर समेत रहेका अलिले चोटका कारण टिमबाट नाम फिर्ता लिएका हुन् ।
इङ्ल्याण्डले मंगलबार घरेलु मैदानमा स्विटजरल्याण्डसंग मैत्रिपुर्ण म्याच खेल्दैछ । अलिले सो मैत्रिपुर्ण गुमाउने भएका छन् । मांसंपेशीमा सामान्य समस्या देखिएपछि अलिले राष्ट्रिय टिमबाट मैत्रिपुर्ण म्याच नखेल्ने निर्णय गरेका हुन् ।
गत शनिबार नेश्नल लिगमा स्पेनसंग २–१ ले पराजित भएको खेलमा उनकाे चाेट समस्या सुरु भएकाे थियो । २२ बर्षिया खेलाडी अलिले मैत्रिपुर्ण खेलमा उत्रनु भन्दा चोटको उपचार गर्ने निर्णय गरेका हुन् ।
रुसी विश्वकपमा सेमिफाईनलबाट बाहिरिएपछि इङ्ल्याण्ड पहिलो पटक स्पेनसंग पराजित भएको हो ।