एजेन्सी । अफगानिस्तान क्रिकेट बोर्डको आयोजनामा हुने अफगानिस्तान प्रिमियर लिग (एपीएल) टी–२० क्रिकेट प्रतियोगिताको खेलाडी लिलामी बिक्री आज हुदैछ ।
अक्सन यस हिसावमा महत्वपुर्ण छ । अक्सनमा नेपाली खेलाडी पारस खड्का र साेमपाल कामी रहनेछन् । हिजाे सार्वजनीक ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र अाेपनर बलर साेमपाल कामी समावेश छन् ।
खेलाडीकाे खरिद बिक्रीकाे कार्यक्रम सयुत्त अरब इमिरेट्स दुवर्इमा तय गरिएकाे छ । अाज हुने अक्सनमा नेपाली खेलाडीमा सहभागि टिमले लगाउने बाेली प्रतिक्षाकाे बिषय बनेकाे छ । खेलाडीकाे अन्तिम ड्राफ्टमा नेपालका दुर्इ खेलाडी परेका थिए । अक्सन स्थानिय समय अनुसार दिउँसाे ३ बजे सुरु हुनेछ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता दिएको प्रतियोगितामा ४० बढी विदेशी खेलाडीले भाग लिने बताइएको छ । अक्सनको क्याटागोरी आइकन, डाइमन्ड, गोल्ड, सिल्भर, आइसिसी एसोसिएट र इमर्जिङ गरी ६ श्रेणी निर्धारण गरिएको छ ।
कप्तान पारस स्पिन अलराउन्डरकाे रुपमा राखिएकाे छ । साेमपाल फास्ट बलरकाे रुपमा रहेका छन् । दुवैलाइ अाइसीसीकाे एसाेसियट मेम्बर अन्तरगतकाे क्याटागाेरीमा राखिएकाे हाे ।
लिगमा काबुल, बाल्ख, पाक्किया, नान्गहर र कान्दहर गरी चार टिम सहभागि रहेका छन् ।