एजेन्सी । रियल मड्रिडका पुर्व म्यानेजर जिनेदिन जिदानले आफु म्यान्चेस्टर युनाईटेडमा जान चाहेको बताएका छन् । भर्खरै मात्र एक टेलिभिजनसंग कुराकानी गर्दै उनले म्यान युले आफुलाई प्रस्ताव गरेमा आफुले ओल्डट्रोफोर्डको जिम्मेवारी समाल्ने बताएका हुन् ।
च्याम्पियन्स लिगको २०१७–१८ को सिजन पछि रियल छोडेका जिदान अहिले खाली छन् ।
उनले भने “म फेरी टेनिङमा फर्किन चाहान्छु र यो चाडै हुन्छ । जो मैले चाहेको हुँ ।” मैले जिवनमा जति खेलमा प्रगति गरेको छु, मलाई लाग्छ म यसको लायक छु ।
उनले म्यान्चेस्टर युनाईटेडबाट आफुलाई अफर आउन सक्ने बताएका छन् । उनले जोसे माउरिन्होको स्थानमा आफुलाई प्रस्ताव आउने अपेक्षा गरेको बताएका छन् ।
माउरिन्हो अहिले युनार्इटेडमा निकै दभाव छन् । उनलार्इ गएको सिजनमा युनाईटेडले राम्रो प्रदर्शन गर्न नसकेकोमा दवाव छ । जिदानले रियलकालागि लगातार दुर्इ पटक च्याम्पिन्स लिग जिताउन सफल भएका थिए ।
उनले रियलमा रहदा २०१६–१७ र २०१७–१८ सिजनको च्याम्पियन्स लिगको उपािध जिताएका थिए । ४६ बर्षिया जिदान फ्रान्सका पुर्व मिडफिल्डर हुन् ।