काठमाडौं । एकदिवसीय क्रिकेट शृंखला खेल्न १९ वर्षमुनिको नेपाली क्रिकेट टोली आज लखनउ प्रस्थान गरेको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईको निमन्त्रणामा हुन लागेको शृंखलामा नेपालले भारतका टोलीसहित अफगानस्तानसंग खेल्नेछन् ।
आशिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीले पहिलो खेलमा बुधबार भारतको १९ वर्षमुनिको बी टिमसँग खेल्नेछ भने विहीबार भारतको १९ वर्ष मुनिको ए टिमसँग र सेप्टेम्बर १६ तारिखमा अफगानस्तानको टिमसँग खेल्नेछ ।
नेपाली टोलीमा खेलाडीसँगै प्रशिक्षक विनोद दास, सहायक प्रशिक्षक मनोज कटुवाल र टिम म्यानेजरका रुपमा शक्ति गौचनपनि लखनउ गएको राष्ट्रिय टोलीका टिम म्यानेजर रमन सिवाकोटीले जानकारी दिए । शृंखलामा चारवटै टिमले एक अर्कासँग खेल्नेछन् । शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । नेपाली टोली बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल वाट भारत तर्फ प्रस्थान गरेको हो ।
नेपाली टोलीमा :
आशिफ शेख (कप्तान)
तृतराज दास
ऋत गौतम
पवन सर्राफ
किशोर महतो
रशिद खान
भीम सार्की
कमलसिंह ऐरी
सन्दीप जोरा
रवी साह
विपिन बराल
लोकेश बम
सागर ढकाल
अरुण ऐरी
मोहम्मद सम्साद आलम