एजेन्सी । युईएफए नेश्नल लिगमा डेनमार्कले वेल्सलाई पराजित गरेको छ । गए राति भएको समुह बी फोर अन्तर्गतको खेलमा डेनमार्कले वेल्सलाई २–० ले शिकार बनाएको हो ।
क्रिस्टियन इरिक्सनले दुई गोल गरेपछि घरेलु टोलीले सहज जित हात पार्यो । मुख्य खेलाडीले वहिष्कार गरेपछि गत बुधबार स्लोभाकियाविरुद्धको मैत्रिपुर्ण खेल डेनमार्कले ३–० ले गुमाएको थियो ।
तर इरिक्सन लगायतका स्टार खेलाडी सहित नेश्नल लिगमा उत्रिएको डेनमार्कले पहिलो हाफको ३२ औ मिनेटमा इरिक्सनको गोलबाट अग्रता लिएको थियो ।
टोट्नहमका मिडफिल्डरले इरिक्सनले ६३ औ मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई सहज जित दिलाए । योसंगै नेश्नल लिगमा डेनमार्कले ३ अंक जोड्न सफल भएको छ ।