एजेन्सी । युएईएफए नेसन्स लिग फुटबलमा विश्व विजेता फ्रान्सले पहिलो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले नेदरल्याण्डलाई २ - १ ले हराएको हो ।
घरेलु मैदानम भएको खेलमा फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पे र ओलिभर जेरुडले एक एक गोल गरे । नेदरल्याण्डका रायन बाबेलले एक गोल फर्काए ।
खेलको १४ औं मिनेटमा एमबाप्पेको गोलबाट फ्रान्सले सुरुवाती अग्रता बनाएको थियो । ६७ औं मिनेटमा नेदरल्याण्डका रायनले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए । त्यसपछि खेलको ७५ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई २ - १ को जित दिलाए ।
खेलअघि फ्रान्सले राष्ट्रिय रंगशालामा विश्वकप ट्रफी सार्वजनिक गरेको थियो । दुई महिनाअघि फ्रान्सले क्रोएसियालाई हराएर रुस विश्वकप जितेको थियो ।
जितसंगै फ्रान्सले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा फ्रान्स जर्मनीसंग बराबरीमा रोकिएको थियो ।
यता, नेदरल्याण्डले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । नेदरल्याण्ड अंक बिहिन रहेको छ ।