काठमाडौं । न्यु दर्पण युथ क्लब र कारकाँदो स्पोर्टस क्लब नेपालगंजमा जारी कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
शारदा एजुकेशन पार्कको आयोजनामा जारी प्रतियोगितामा सोमबार जित निकाल्दै न्यु दर्पण र कारकाँदो क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
पहिलो खेलमा न्यु दर्पण युथ क्लबले जगवार क्रिकेट क्लबलाई ३० रनले पराजित गर्यो । न्यु दर्पणले दिएको १ सय २१ रनको लक्ष्य पछ्याउने क्रममा जगवारले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो।
जगवारका लागि मोहम्मद सलमानले सर्वाधिक २३ रन बनाए । यस्तै अंकुर कुमार सिंहले १२ रन तथा अस्लम हलवाई र अरमान सल्मानीले समान १० रन बनाए। न्यु दर्पणका बलर रेशम सिंह ठकुरी र दिप रानाले २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्यु दर्पणले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १सय २० रन बनाएको थियो । उसको लागि दिप रानाले सर्वाधिक ३३ रन, गजेन्द्र ओलीले २८ रन तथा दिप बिसीले २२ रन बनाए। जगवारको बलिंगमा मुजिब अन्सारी, इमरान आलम, हसिब अन्सारी र बिकाश साउदले समान १ विकेट लिए ।
दोस्रो खेलमा कारकाँदो स्पोर्ट्स क्लबले कोहलपुर स्ट्राइकर्सलाई ३ विकेटले पराजित गर्यो। कोहलपुरले दिएको ७४ रनको लक्ष्य कारकाँदोले १३.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो।
कारकाँदोका लागि संगम कंडेलले अविजित ३० रन तथा उत्कर्ष विश्वकर्माले १४ रन बनाए । कोहलपुरका बलर मेग राज बिस्टले ३ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कारकाँदो क्रिकेट क्लबले १२.१ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो।
उसको लागि सौगात पौडेलले २७, मन बहादुर मल्लले १४ तथा सुमन परियारले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कोहलपुरका संगम कंडेलले ४ विकेट लिए भने कुशल न्यौपानेले २ विकेट लिए।
प्रतियोगिता अन्तर्गत मंगलबार ३ खेलहरु हुनेछन्। पहिलो खेलमा च्याम्पियन्स स्पोर्ट्स क्लब र रनियापुर स्पोर्ट्स क्लब, दोस्रो खेलमा कोहलपुर क्रिकेट एकेडेमी र ढकेरी किंग्स तथा तेस्रो खेलमा बिबि वारियर्स र रझेना टर्मिनेटरले प्रतिस्पर्धा गर्नेछन्।