एजेन्सी । अफ्रिका कप अफ नसेन्सको छनोटमा इजिप्टले नाइजरलाई ६–० गोल अन्तरले हराएको छ । सालाहले दुई पेनाल्टी मिस गरेपनि इजिप्टले नाइजरबिरुद्धको खेलमा ६–० गोल अन्तरको फराकिलो जित हात पारेको थियो । इजिप्टको घरेलु मैदानमा भएको खेलमा इजिप्टले पहिलो मिनेटमा नै पेनाल्टी पाएको थियो ।
तर, सलाहको प्रहार नाइजरका गोलरक्षकले रोके । त्यस्तै २८ औं मिनेटमा इजिप्टले फेरी अर्को पेनाल्टी पायो । तर, सलाह फेरी चुके । खेलको ८५ औं मिनेटमा सलाहले दोस्रो गोल गरे ।
सालाहले आफ्नो पहिलो खेलको २८ मिनेटमा गरेका थिए । खेलको १३ औं मिनेटमा मोरवान मोहसेन र २० औं मिनेटमा महमूद ट्रेजिगुएटले गोल गरेका थिए । दोस्रो हाफको ७३ औं मिनेटमा अल शेननारीले गोल गरे । इन्जुरी टाइममा उनी ह्याट्रिक गर्ने राम्रो मौका गुमाए । मोहम्मद एलनेनीले गोल गरेपछि इजिप्ट ६–० ले विजयी भयो ।