काठमाडौं । बागमती प्रदेश क्रिकेट टिमकाे छनोट खेलमा चितवन क्रिकेट एसोसियसनले ललितपुर क्रिकेट एसोसियसनलाई पराजित गरेको छ ।
टियु क्रिकेट मैदानमा शुक्रबार चितवनले ललितपुरलाई १ विकेटले पराजित गरेको हो ।
ललितपुरले दिएको १ सय ९७ रनको लक्ष्य चितवनले ३७ ओभर ४ बलमा ९ विकेट गुमाएर पुरा गर्यो ।
चितवनका लागि प्रतिक श्रेष्ठले अविजित रहदै ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै गौतम केसीले ५५ रनको अर्धशतकीय इनिङ्स खेल्दा आकाश थापाले ४० रन बनाए ।
ललितपुरका सुमित झा र विपिन आचार्यले ३/३ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले ४० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।
ललितपुरका विवेक राना मगरले ४५ रन जोड्दा विपिन आचार्यले ३५ रन बनाए । दुर्गेस थापाले २२ तथा आदील खानले २१ रन जोडे ।
चितवनका दिपेश श्रेष्ठले ३ विकेट लिए ।
छनोट अन्तर्गत नै अर्को खेलमा मकवानपुरले नुवाकोटलाई २ सय १३ रनले हराएको छ ।
मकवानपुरले दिएको २ सय ६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नुवाकोट ५५ रन जोड्दा अलआउट भयो ।