एजेन्सी । बिश्व फुटबलमा लियोनल मेस्सी एउटा इतिहास हुन् । जो मेटेर मेटिन्छ, न कोर्न सकिन्छ । मेस्सीको नाम लिने बित्तिकै गोलको कुरा आउछ अनि उनको जर्सीको । रुसमा सकिएको विश्वकपमा सर्वाधिक बिक्री हुने जर्सीमा लियोनल मेस्सीको जर्सी समेत परेको थियो ।
यति बेला पुन एक पटक लियोनल मेस्सीको जर्सी चर्चामा छ । अर्जेन्टिनी राष्ट्रिय टिममा मेस्सी नभएपछि उनको जर्सी प्रयोगमा आउनुपर्ने चर्चा सुरु भएको छ । अर्जेन्टिनाका गोलकिपर सर्जियो रोमेरोले पुर्व कप्तान लियोनल मेस्सी टिममा उपस्थित नभए उनले लगाउदै आएको १० नम्बर जर्सी खेलमा प्रयोग हुनुपर्ने बताउछन् ।
फुटबलमा १० नम्बरको जर्सी बिशेष हुन्छ । टोलीको सर्वश्रेष्ठ खेलाडीले सो जर्सी लगाउने गर्दछ । यता मेस्सीले अर्जेन्टिनी टिमबाट प्रतिनिधित्व गर्ने बिषयमा केही बोलेका छैनन् । उनको अनिश्चितकालिन अनुपस्थिती कति समयसम्म अगाडी बढ्ने होे त्यसको टुङ्गो छैन ।
उनी अमेरिकामा हुने कोलम्बियाविरुद्धको मैत्रिपुर्ण फुटबल समेत खेल्ने छैनन् ।
सर्जियोले भने, ‘१० नम्बर जर्सीको सधैं प्रयोग हुनु पर्छ । मैले बुझ्न सकेको छैन त्यो जर्सी नम्बर किन प्रयोग भईरहेको छैन ।’यो बिषय मैले बुझ्न सकिरहेको छैन । मैले सोधको समेत छैन । यो कहिले प्रयोग हुन्छ यसबिषयमा मलाई थाहा समेत छैन ।’
रुस विश्वकपको अन्तिम १६ बाट बाहिरिएपछि मेस्सीले आफ्नो भविष्यबारे टिप्पणी गर्न अस्विकार गरेका थिए ।