काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आज (आईतबार) दुई खेल हुँदैछ ।
समूह ए अन्तर्गत दोस्रो चरणको खेलमा कर्णाली र लुम्बिनी तथा आर्मी र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुनेछ ।
दाङ्गको लमहीमा जारी प्रतियोगिताको पहिलो खेलमा कर्णाली र लुम्बिनी प्रदेश भिड्नेछन् ।
पहिलो खेलमा लुम्बिनीले प्रदेश नम्बर २ माथि ९ विकेटको शानदार जित निकालेको थियो । कर्णाली भने एपीएफसंग २ सय ४ रनले पराजित भएको थियो । अघिल्लो चरण प्रवेशका लागि दुवै टिम जित निकाल्ने लक्ष्य सहित मैदान उत्रनेछन् ।
दोस्रो खलमा एपीएफ र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुनेछ । एपीएफले पहिलो खेलमा कर्णालीलाई फराकिलो अन्तरले पराजित गरेको थियो भने प्रदेश २ लुम्बिनी प्रदेशसंग पराजित बनेको थियो ।
प्रतियोगिताको दाबेदार एपीएफ दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ । प्रदेश २ प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ ।
तालिकामा लुम्बिनी र एपीएफले समान ३ अंक जोडेका छन् । प्रदेश २ र कर्णाली अंक विहिन छन् ।