एजेन्सी । युएईएफए नेसन्स लिग फुटबलमा स्पेनले इङ्ल्याण्डलाई २–१ ले पराजित गरेको छ । वेम्वली रंगशालामा भएको खेलमा स्पेनले घरेलु टोलीलाई पराजित गर्न सफल भएको हो ।
लुईन एनरिकेले प्रशिक्षकको रुपमा स्पेनकालागि पहिलो जित आत्मसाथ गरेका छन् ।
विश्वकपपछि स्पेनले राष्ट्रिय टिमको प्रशिक्षकमा बार्सिलोनाका पुर्व प्रशिक्षक एनरिकेलाई जिम्मवारी सुम्पिएको थियो । खेलको ११ औ मिनेटमा मार्कोस रसफोर्डको गोलबाट इङ्ल्याण्डले अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि सउलले बराबरी गोल फर्काए ।
रोड्रिग्व मोरिनोको उत्कृष्ट पासमा उनी गोल गर्न सफल भएका थिए । ३२ औ मिनेटमा उनै रोड्रिग्वले गोल गर्दै स्पेनको जित सुनिश्चित गरे । एनरिकेले स्पेनको डेब्यु म्याचमै सफलता प्राप्त गरे ।
रुसी विश्वकपको सेमिफाईनल खेलेको इङल्याण्डलागि प्रतियोगिताको पहिलो खेल गतिलो रहेन । प्राप्त अवसरलाई जोगाउन नसक्दा उसले पराजय ब्यहो¥यो । जितपछि स्पेनले ३ अंक जोडेको छ ।