ढाका । बंगलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिप प्रतियोगीतामा भुटानी राष्ट्रिय टिम विना गोल घर फर्किएको छ ।
आज भएको समूहको अन्तिम खेलमा पाकिस्तान सँग पराजित भए सँगै भुटानी टोली विना कुनै गोल प्रतियोगिताबाट बाहिरिने पहिलो टोली भएको छ ।
आज शनिबार भएको खेलमा भुटान पाकिस्तानसँग ३–० गोल अन्तरले पराजित भएको हो ।
यस्तै भुटान साफ च्याम्पियनसिप प्रतियोगिताको पहिलो खेलमा आयोजक बंगलादेश सँग २–० गोल अन्तरले पराजित भएको थियो ।
प्रतियोगिताको दोस्रो खेलमा नेपाल सँग ४–० गोल अन्तरले पराजित भएको थियो ।
यो सँगै प्रतियोगीतामा भुटानी टिम सबै भन्दा बढि गोल खाने टिम र प्रतियोगिताको पहिलो बाहिरिने टिम भएको छ । भुटानले जारी प्रतियोगितामा ९ गोल खायो ।
यस समूह ए मा पाकिस्तान तीन खेलबाट ६ अंकका साथ पहिलो स्थानमा छ भने बंगलादेश गोल अन्तरका अनुसार दोस्रो स्थानमा छ । एक खेल कम खेलेको नेपाल तेस्रो स्थानमा छ । त्यस्तै एक खेल पनि जित्न नसकेको भुटान समुहको पुछारमा छ ।