एजेन्सी । अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले भारतविरुद्धको पहिलो टेष्ट खेल गुमाउने भएका छन् ।
वार्नरले चोटका कारण सुरुवाती टेष्ट खेलमा उपलब्ध नहुने अष्ट्रेलियाले जनाएको छ ।
सिड्नीमा भएको दोस्रो एकदिवसीयमा चोट बोकेका वार्नरले बाँकी गुमाएका थिए । एकदिवसीयसंगै टी ट्वान्टी गुमाएका वार्नर टेष्टमा फर्किने बताइएको थियो ।
वार्नरलाई 'ग्रोइन स्ट्रेन' भएको र १८ दिनको आराम आवश्यक रहेको क्रिकेट अष्ट्रेलियाले जनाएको थियो । तर वार्नरलाई थप रक हप्ता रिहाबमा राख्नु पर्ने भएकाले पहिलो टेष्ट गुमाउने पक्का भएको हो ।
वार्नरको स्थानमा डिआर्सि सर्टलाई टिममा अष्ट्रेलियाले बोलाएको थियो ।
एडिलेइडमा डिसेम्बर १७ देखी टेष्ट सिरिज सुरु हुँदै छ । यद्दपी वार्नर मेलबर्नमा हुने दोस्रो टेष्ट खेलमा भने उपलब्ध हुने बताइएको छ ।
'मलाइ लाग्छ, छोटो समयमा राम्रो प्रगति भएको छ र थप समय सिड्नीमा रहेर पूर्ण रुपमा फिट हुनु मेरो लागि उचित हुनेछ ।' क्रिकेट अष्ट्रेलियाले सार्वजनिक गरेको विज्ञप्तिमा वार्नरले भनेका छन्, 'मेरो चोट निको भएको छ तर मेरो र साथीहरुको दिमाग समेत म पूर्ण रुपमा टेष्टको लागि तयार छु भन्ने बनाउनु छ ।
'रनिङ विट्विन द विकेटज़ तथा फिल्डमा फुर्तिलो हुनु जरुरी छ । तट तत्काल त्यो जोशमा खेल्न केही समय लाग्ने छ । आसा छ थप १० दिनमा धेरै फरक आउने छ ।' उनले थपे ।
वार्नर नहुँदा अष्ट्रेलियालाई धक्का लागेको छ । वार्नर बिनाको अष्ट्रेलियाले टी ट्वान्टी सिरिज समेत २-१ ले गुमाएको थियो । वार्नर नहँदा अष्ट्रेलियालाई ओपनिङ ब्याट्सम्यानको खाँचो भएको छ ।