एजेन्सी । मैत्रिपुर्ण फुटबल खेलमा उरुग्वले मेक्सिकोलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । लुईस सुआरेजको दुई गोलको मदतले उरुग्वले मेक्सिकोमाथि सहज जित निकालेको हो ।
३२ औ मिनेटमा पहिलो गोल गरेका बार्सिलोनाका स्टार सुआरेजले ४० औ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए । उरुग्वेका सर्वाधिक गोलकर्ता सुआरेजले पहिलो हाफमै दुई गोल गर्दै टोलीलाई सहज स्थितीमा पु¥याएका थिए ।
खेलमा अग्रता उरुग्वले २२ औ मिनेटमा जोसे जिमिनेजको गोलबाट लिएको थियो । मेक्सिकोका राहुल जिमिनेजले त्यसको ४ मिनेटपछि खेल बराबरीमा ल्याए । लगातार सुआरेजले दुई गोल गर्दै खेललाई उरुग्वेको पक्षमा पारे । अन्तिम गोल ग्यास्टन पेरेरोको नाममा रह्यो ।
मेक्सिको जाभियर हर्नाल्डेज लगायतका स्टार खेलाडीबिनै मैदान उत्रिएको थियो । तर उरुग्वेले सुआरेज लगायत डिएगो गोडिन, लुकास टोरिरालाई टोलीमा समावेश गरेको थियो । दुवै टोलीले रुसी विश्वकपमा क्वार्टरफाईनलसम्मको यात्रा तय गरेका थिए ।