एजेन्सी । भारतले घरेलु टिम अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।
सिड्नीमा आइतबार भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले तीन खेलको सिरिज आफ्नो बनाएको हो ।
अष्ट्रेलियाले दिएको १ सय ९५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
भारतका लागि शिखर धवनले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै हार्दिक पाण्डयले अविजित रहदै ४२ रन जोड्दा श्रेयस एयर १२ रनमा अविजित रहे ।
हारतर्फ अग्रसर रहेको समय पाण्डयले २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै भारतलाई जित दिलाए ।
कप्तान विराट कोहलीले ४० तथा केएल राहुलले ३० रन बनाए ।
अष्ट्रेलियाका डानिल साम्स, एन्ड्रयु टे,मिचेल स्विपसन र एडम जाम्पाले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै स्टिभ स्मिथले ४६ रन जोड्दा मोइसेस हेन्रिक्सले २५ रन बनाए ।
ग्लेन म्याक्सवेलले २२ रन जोड्दा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए ।
भारतका टी नटराजनले २ तथा सार्दुल ठाकुर र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।
जितसँगै अष्ट्रेलिया भ्रमणमा रहेको भारतले तीन खेलको सिरिजमा २-० को अग्रता समेत बनाएको छ ।
पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ६६ रनले हराएको थियो ।
दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल मंगलबार हुनेछ ।
यस अघि भएको एकदिवसीय सिरिज भने अष्ट्रेलियाले २-१ ले जितेको थियो ।