एजेन्सी । घरेलु टिम अष्ट्रेलियाले दोस्रो टी-ट्वान्टी क्रिकेटमा भारतलाई जितका लागि १ सय ९५ रनको लक्ष्य दिएको छ ।
सिड्नीमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनायो ।
अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै स्टिभ स्मिथले ४६ रन जोड्दा मोइसेस हेन्रिक्सले २५ रन बनाए ।
ग्लेन म्याक्सवेलले २२ रन जोड्दा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए ।
भारतका टी नटराजनले २ तथा सार्दुल ठाकुर र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।
अष्ट्रेलिया भ्रमणमा रहेको भारत तीन खेलको सिरिजमा १-० ले अघि रहेको छ ।
दोस्रो खेल जित्दै भारत सिरिज जित्ने लक्ष्यमा रहेको छ ।
अष्ट्रेलिया पनि दोस्रो खेल जित्दै सिरिज जोगाउने योजनामा रहेको छ ।